नियम २२४
कानूनी राय सल्लाह
(१) राष्ट्रिय सभा वा यसको कुनै समितिको बैठकको काम कारबाहीमा कुनै कानूनी प्रश्न उठेमा सचिवालयको कानून सल्लाहाकार (कानून महाशाखा प्रमुख) को राय सल्लाह लिइनेछ र राष्ट्रिय सभा वा समिति पक्ष वा विपक्ष भएको कुनै मुद्दा मामिलामा निजले राष्ट्रिय सभा वा समितिको प्रतिनिधित्व समेत गर्नेछ । (२) यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि महान्याधिवक्ताले परामर्श दिन वा प्रतिरक्षा गर्न नमिल्ने अवस्थामा राष्ट्रिय सभा वा यसका समितिहरुले विशेष प्रयोजनको लागि छुट्टै कानूनविद् नियुक्त गरी परामर्श लिन वा प्रतिरक्षा गर्न यस नियमले बाधा पु¥याएको मानिने छैन ।